नेपाली भीम बेलायतमा मेयर !

बुधबार, १४ फागुन २०८१
भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन् । सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन् । लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनीत भएका हुन । मनोनीत भएसँगै बेलायतमा गोर्खाहरूको योगदानलाई थप उचाइमा पु¥याउने अवसर मिलेको सारूले बताएका छन् । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन् । मेयर हुने पक्का भएपछि उनले भने,“नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु ।” अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उनले मेयर नियुक्त भई पदभार ग्रहण गर्ने छन् । पाल्पामा जन्मिएका सारू सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय समेत चलाइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार