जाजरकोट भूकम्पपछिको क्षतिको आङ्कलन जारी

विहीबार, १५ फागुन २०८१
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जाजरकोट, डोटी र बझाङमा गएको भूकम्पपछिको क्षति आङ्कलन, पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने बताएका छन् । गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औँ बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै उनले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आङ्कलन, पुनर्निर्माण र पुनर्स्थापनालाई सरकारले अब तीव्र रूपमा अघि बढाउने जानकारी दिए । उनले भने,‘आजको बैठकमा हामीले निर्णय गरेका छौ । अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आङ्कलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनर्स्थापन काम अगाडि बढाउँछौँ ।’ उनले भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निर्माण एवं पुनर्स्थापनाको काम अगाडि बढ्न नसकेको बताए । उनले ६ महिनामा विस्तृत क्षति आङ्कलन र निजी घरहरूको पुनर्निर्माण एवं पुनर्स्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको बताए । गत वर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनः निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्य योजना ल्याएको छ । उनले यो महिना भित्र नै क्षतिको आङ्कलन, पुनर्निर्माण र पुनर्स्थापनाको लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थाई समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार