सुनसरीमा अफ्रिकन स्वाइनफ्लु

शुक्रबार, १६ फागुन २०८१
सुनसरी : सुनसरीमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण पुष्टि भएको छ । जिल्लाको दुहबी नगरपालिका–९ र १० मा स्वाइनफ्लु पुष्टि भएको हो । परीक्षण गर्दा फागुन १३ गते स्वाइनफ्लुको संक्रमण पत्ता लागेको हो । नगर प्रमुख वेदनारायण गच्छदारका अनुसार फागुन ७ गते कोशी गाउँपालिका–६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । त्यसको एक सातापछि दुहबीमा पनि अफ्रिकन स्वाइनफ्लु पत्ता लागेको हो । स्वाइनफ्लु बंगुरमा देखिने संक्रमण हो । स्वाइनफ्लुबाट हालसम्म २५ वटा बंगुर मरिसकेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार