काठमाडौं : सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालय भवनमा लागेको आगो नियन्त्रणमा आएको छ।
दिउँसो करिब १ बजे लागेको आगो तीन घण्टापछि करिब ४ बजे नियन्त्रणमा आएको गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन्।
आगालागीका कारण भवन पूर्णरुपमा क्षति भएको अध्यक्ष बस्नेतले बताइन्।
भवनको माथिल्लो तलामा आगो लागेको थियो। विद्युत सर्ट भएर आगालागी भएको अनुमान गरिए पनि यकिन कारण खुलिसकेको छैन।
स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। उक्त भवन गाउँपालिकाले भाडामा लिएको थियो।
प्रतिक्रिया