प्रदेश खबरका अध्यक्ष अधिकारीलाई पितृ शोक

बुधबार, १७ बैशाख २०८२

इटहरी : नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदेशस्थित इटहरीबाट सञ्चालित यस अनलाईन पोर्टल प्रदेश खबरका अध्यक्ष पवन अधिकारीलाई पितृ शोक परेको छ । 

नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका सुनसरीका सक्रिय पत्रकार अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो । 

फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्व.अधिकारीका पवन सहित प्रेम र ध्रुव अधिकारी छोरा र मीना, हिमा, तुलसा र अस्मिता छोरी रहेका छन् । 

स्व.अधिकारीको आजै दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार