पर्यटनमा लगानी गरे समृद्धि हासिल हुन्छ : मुख्यमन्त्री कार्की

आइतबार, १८ फागुन २०८१
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गरे मुलुकले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा आइतबार आयोजित कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले पर्यटनको प्रचुर सम्भावना र अवसर कोशीमा पर्याप्त भएकाले यसको उपयोग गर्नुपर्नेमा जोड दिए । ‘पर्यटक हाम्रा पाहुना मात्र नभएर पुँजी निर्माणका आधार पनि हुन् ।’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार