सिरहा : जबरजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । सिरहा प्रहरीले प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो ।
उनी इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत थिए ।
एक महिलाले उनीविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएपछि यादवलाई गत १५ गते नै पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीविरूद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।
प्रतिक्रिया