इटहरी । नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको पक्रियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने उल्लेख गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने विषयमा छलफल भएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
खास गरी ताप्लेजुङमा केबलकार बन्न नहुने मतसहित आन्दोलन बढिरहेको छ । जसका नाममा ताप्लेजुङ अशान्त बनिरहेको अवस्था रहेको छ ।
प्रतिक्रिया