‘विराट गोल्डकप’ सोमबारदेखि, तयारी पूरा 

आइतबार, १८ फागुन २०८१
विराटनगर : विराटनगरमा सोमबारदेखि सञ्चालन हुने ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक नवीन रिजालले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । शहीद रङ्गशालामा हुने प्रतियोगितामा छिमेकी राष्ट्र भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी हुने उनले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न एक करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितको विजेतालाई नगद ११ लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए । प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार