घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

सोमबार, १९ फागुन २०८१
मकवानपुर : घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ६ कोलडाँडाकी सीतामाया गलानको शव दुई दिनपछि भीरमा भेटिएको हो । १७ फागुन मा उनी घरबाट घाँस काट्न भन्दै हिँडेकोमा फर्किएर नआएपछि सोमबार दिउँसो २ बजे घरभन्दा एक किलोमिटर पर भीरमा मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सिलिङ्गे सामुदायिक वनको भिरबाट खसेकी सिताको शव हेटौंडा अस्पताल राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार