एमाले मोरङ अधिवेशन : सुरु भयो मतगणना

विहीबार, २२ फागुन २०८१
विराटनगर । नेकपा (एमाले) मोरङको १०औं जिल्ला अधिवेशनअन्तर्गत मतगणना सुरु भएको छ। बिहान ८ बजेबाट सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण गणना दिउँसो ३ बजे मात्र सुरु भएको निर्वाचन समितिले जनाएको छ। मतगणना पार्टी कार्यालय पाञ्चालीमा भइरहेको छ, जहाँ पदाधिकारी र सदस्यहरूको एकैपटक गणना थालिएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार गणना नसकिएसम्म निरन्तर प्रक्रिया जारी रहनेछ। बुधबार होटल मनास्लु इनमा भएको मतदान सकिएपछि राति नै मतपेटिका पार्टी कार्यालय पुर्‍याइएको थियो। अधिवेशनका लागि ९११ जना प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए भने २३ जना अनुपस्थित रहे। फागुन १७ गतेबाट सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयनका लागि मतदान गरिनुपर्ने भएपछि लम्बिएको थियो। नयाँ जिल्ला कमिटीमा ५ पदाधिकारीसहित १६५ सदस्य रहनेछन्, जसमा ७१ जना निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदका लागि चुनाव भएको हो। संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशी प्रतिस्पर्धामा छन्। इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा उम्मेदवार छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार