विराटनगर : ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफमा गोलरहित खेल बराबारी खेलेका छन् ।
विराटनगरको सहिद रंगशालामा बिहीबार विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीचको दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफसम्म गोलरहिहत खेल बराबारी खेलेका छन् ।
रोमाञ्चित खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले ।
एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको टिम हो ।
एपीएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो ।
त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिसल तेस्रो संस्करणका बिजेता टिम हो ।
त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।
प्रतिक्रिया