सुनको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

शुक्रबार, २३ फागुन २०८१
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी ३ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार