इटहरी । सुनसरीको गढीमा रोकेर राखेको बसमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
सुनसरीको गढी गाउँपालिका–४ मा आज (शुक्रबार) बिहानका राति दुर्घटना भएको हो । सडकमा रोकेर राखिएको प्रदेश २–०१–००१ क ००५१ नम्बरको बसमा प्रदेश १–०२–९४५ प ५००१ नम्बरको मोटरसाइकल बिहानका राति १ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक गढी–४ का अन्दाजी २५ वर्षीय प्रमोदकुमार चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट नर्सिङ होममा २ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २२ वर्षीय अरबिन्द मेहता घाइते भएका छन् । सामान्य अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै बस र चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ४२ वर्षीय दीपककुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
प्रतिक्रिया