कोशी प्रदेशसभा र प्रदेश प्रमुखको कार्यालयमा आगजनी, पछि हटे सुरक्षाकर्मी

मंगलबार, २४ भदौ २०८२

विराटनगर : जेनजी आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन् । प्रदेशसभाका कर्मचारीलाई बाहिर निकालेर प्रदेशसभा भवनमा आगजनी गरेका हुन् ।

सवारीसाधन पनि जलाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङको सकारी निवासमा तोडफोड गरेका छन् ।

नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको निवासमा प्रवेश गरी प्रदर्शनकारीले निवास र निवासमा राखिएका सवारी तोडफोड गरेका हुन् । गाडीमा आगो लगाइदिएका छन् । 

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था भएन । अवस्था सुरक्षा नियन्त्रणभन्दा बाहिर पुगेपछि सुरक्षाकर्मी खटाइएको ठाउँबाट फिर्ता भएका छन् । सुरक्षाकर्मी फिर्ता भए पनि विभिन्न स्थानमा आगजनी गर्ने क्रम जारी छ । 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयदेखि विराटनगरको आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार