इटहरी : डिजिटल पेन्ट्सले भदौ महिनालाई जागरण महिना घोषणा गर्दै गाईघाट, झुम्का, इटहरी, धरान, विराटनगर, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, दमक, बिर्तामोड र बर्दिबासमा पेन्ट्स कन्ट्याक्टर जागरण अभियान सम्पन्न गरेको छ ।
अभियानमार्फत पेन्ट्स, पेन्ट्सका फाइदा, विशेषता, रङ्गकर्मी/पेन्टरहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, पेसागत हितलगायत विषयमा जानकारी गराइएको थियो ।
साथै, रङ्गले मानव स्वास्थ्यमा पार्ने असर र त्यसबाट जोगिने उपाय, वातावरणीय प्रभाव र न्यूनीकरणका उपाय, पेसागत हितका लागि व्यक्तित्व विकास लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको कम्पनीले जनाएको छ ।
यी कार्यक्रममा १२०० भन्दा बढी रङ्गकर्मी/पेन्टरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।
डिजिटल पेन्ट्सले उच्च गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी अत्याधुनिक प्रविधि र प्राविधिक ज्ञानमार्फत उत्पादन गर्ने गरेको छ ।
बाहिरी पर्खालका लागि १२ वर्षे, १० वर्षे, ७ वर्षे वारेन्टीसहित ४ प्रकारका इमल्सन, भित्री पर्खालका लागि ४ इमल्सन, वाटर प्रुफिङ्ग सोलुसन, गोल्ड, सिल्भर, इनामेल, बाल पट्टि, डिस्टेम्पर तथा भित्री–बाहिरी दुवैका लागि विभिन्न प्राइमरहरू कम्पनीले उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।
नेपाल गुणस्तर चिन्ह प्राप्त यस कम्पनीले देशलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ पूर्वका सबै क्षेत्र, मधेस प्रदेश तथा पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।
सुपथ मूल्यमा जर्मन प्रविधिबाट निर्मित उच्च गुणस्तरीय उत्पादन वितरण गर्दै आएको कम्पनीले मानव स्वास्थ्य र वातावरणलाई हानी नगर्ने केमिकल प्रयोग गर्ने गरेको जनाएको छ । छोटो समयमा नै ग्राहकबिच आफ्नो नाम विश्वसनीय रूपमा स्थापित गर्न सफल भएको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया