कोशी : सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् । प्रदर्शन अराजक बन्दा प्रहरीले ठाउँ ठाउँका गोली समेत चलाएको अवस्था रहेको छ । सुनसरीको इटहरीमा २ जनाको ज्यान नै गएको छ ।
प्रर्दशनकारीहरुले इटहरी उपमहानगरपालिका भवनमा आगजनी गरेका थिए । जस क्रममा प्रहरीले गोली चलाएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालय इटहरीमा कफ्र्यु आदेश जारी गरिसकेको छ ।
यस्तै प्रधानमन्त्री केपी सर्मा ओलीको गृह नगर झापाको दमकका साथै बिर्तामोडमा समेत प्रहरीले गोली चलाएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरको पदेश सभा भवन अगाडिका साथै सुनसरीको सदरमुकाम इनरुवा समेत आन्दोलनकारीहरू सडकमा आएका थिए ।
प्रदेश सभा भवन अगाडि निषेधित क्षेत्र हो । तर प्रदर्शनकारीले कुनै प्रवाह नगरी आन्दोलन गरेका हुन् ।
पहाडी जिल्ला इलाम, खोटाङ सहितका जिल्लामा समेत जेनजी पुस्ता आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनका क्रमका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । प्रदर्शन जारी रहेको छ ।
आन्दोलनकारीहरुले सरकारमाथि प्रश्नै प्रश्न उठाएका छन् ।
प्रतिक्रिया