काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको थापाथलीस्थित नर्भिक अस्पतालमा मंगलबार अपराहन्न निधन भएको हो ।
नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि आजै ल्यााइएको थियो ।
कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए ।
उनी मनमोहन अधिकारी प्रधानमन्त्री हुदा सूचना तथा सञ्चार मन्त्री बनेका थिए ।
प्रतिक्रिया