पोखरामा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

शुक्रबार, २३ फागुन २०८१
कास्की : मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबार महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो । पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको  थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् ।  फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार