काठमाडौं : एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बैंकका वरिष्ठ डेपुटी सीईओ घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान सीईओ सुनिल केसीको कार्यकाल यही महिना सकिन लागेकाले घिमिरेलाई चार वर्षका लागि नयाँ सीईओ नियुक्त गरिएको हो ।
तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका उनले एनएमबिमा झण्डै एक दशक बिताएका छन् । व्यवस्थापन र कानुन विषयमा एमबीएल र बीएल गरेका घिमिरेसँग कर्जा बैंकिङको बढी अनुभव छ ।
प्रतिक्रिया