काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेडद्वारा आज काठमाडौंको पुतलीसडकस्थित ट्याक्सी स्ट्यान्डमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रक्त संकलन गरिएको छ।
समृद्धि फाइनान्सले यसअघि पनि आफ्ना विभिन्न शाखामार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ।
यसअघि इटहरी शाखा र जनकपुर शाखाबाट पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको कम्पनीले जनाएको छ। यस महिनाभर आयोजना गरिएका तीनवटा रक्तदान कार्यक्रममार्फत जम्मा १३१ पिन्ट रक्त संकलन गरिएको छ।
समृद्धि फाइनान्स ग्राहक हितमा समर्पित रहँदै विभिन्न समाजसेवी गतिविधिमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीका प्रवक्ताका अनुसार, निकट भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू आयोजना गरिनेछ।
रक्तदान कार्यक्रमले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गर्दै रक्त सञ्चार केन्द्रहरूमा आवश्यक रगतको अभाव पूर्ति गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ। साथै, कम्पनीले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरू प्रदान गर्दै आएको छ।
डिजिटल बैंकिङ्ग सेवाहरूमा पनि फाइनान्स अगाडि बढ्दै, मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड लगायतका आधुनिक सेवा उपलब्ध गराइरहेको छ।
समृद्धि फाइनान्सले सामाजिक दायित्व वहन गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया