स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

आइतबार, १८ मंसिर २०७९
स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो । यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भएकी थिइन् । ०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गरेकी थिइन् । तर यसपटक गोपालमानले प्रत्यक्ष चुनाव लडेनन् भने धनराज सोही क्षेत्रमा उम्मेदवार बनेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार