लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम

बुधबार, २८ फागुन २०८१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफैबाट भएको बताएकी छिन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन् । उनले भनिन्, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरूमाथि दमन गर्न उद्धत छ । सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर सङ्कटमा छ । यो सरकार आफैँले निम्त्याएको हो । सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो । सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने । सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासकका लक्ष्यणहरु हुन् । सरकारले सदन,सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैँ हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार