साथै उनले आज अरू दिनहरूमा भन्दा मोईच्जराईजर र सन प्रोटेक्सन क्रिम सन्सक्रिम बढी नै लगाउने,कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्ने कपालको असर नरहोस भनेर जरादेखि टुप्पोसम्म तेल लगाउने जस्तो कार्य गर्नुपर्ने उपायहरू बताइन् ।
उनले भनिन्,‘आज मोइच्जराईजर र सन प्रोटेक्सन क्रम सन्सक्रिमअरु समयमा भन्दा अलिकति बढी नै लगाउनुपर्ने हुन्छ । कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्नुहोला । कपालको असर नरहोस् भनेर जरादेखि टुप्पोसम्म तेल लगाएर मात्रै रङ खेल्न सकिन्छ ।’
रङ्ग लगाइसकेपछि जेन्टल क्लिनजरको प्रयोग गरेर छाला सफा गर्नुपर्ने उनले बताइन् ।
‘रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्त्वहरू होलीको अगाडि छालामा प्रयोग नगरेको नै राम्रो हो । यसले गर्दा झन् ड्राई गराउँछ । फेसवासमा चाहिँ जेन्टल क्लिनजर प्रयोग गर्नुपर्ने छ ।’
रमाइलो सँगै आफ्नो छाला जोगाएर रङ खेल्ने उपायहरू
१.खेल्न जानुअघि कपालको जरादेखि टुप्पोसम्म तेल लगाउने तथा लामो कपाल भए जुरो बनाउने
२. छालाको लागि पुरिरभरि मोइस्चराईजर लगाउने साथै औलाको च्याप, नङ, कानको पछाडि र आँखाको वरिपरी पनि याद गरेर लगाउनुहोला
३. घामबाट बच्न शन्सकृिन लगाउने र पुरा बाहुले कपडा लगाउने खेलिसकेपछि
४.मज्जाले फिँज आउने स्याम्पोले कपाल नुहाउने र अनिवार्य कन्डिसनर गर्ने
५. छालालाई मज्जाले नुहाइसकेपछि मोइस्चराईजर गर्ने
प्रतिक्रिया