नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव फेला

शुक्रबार, ०१ चैत्र २०८१
कैलाली : कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १९ बाईसघरस्थित मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको हो । स्थानीय १५ वर्षका दिनेश ओझा र १६ वर्षका आशिष बोहरा नुहाउने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फुलबारीबाट खटिएको टोलीले उनीहरूको शव फेला पारेको हो । खोजी गर्ने क्रममा ओझाको शव डुबेकै स्थानमा र बोहराको शव केही तल फेला पारेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार