इटहरी : झापाकी एक किशोरी विराटनगरबाट बेपत्ता भएकी छन् । उनको खोजीका लागि परिवारजनले अपिल गरेका छन् ।
फागुन १७ गतेदेखि झापाको गौरादह नगरपालिका वडा नं. ५, आरावाल चौक निवासी मनिषा पौडेल बेपत्ता भएकी हुन् ।
आफ्नो पढाइको सिलसिलामा कक्षा ११ मा विराटनगरस्थित सिटी कलेजमा अध्ययनरत उनी बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि अपिल गरेका हुन् ।
बिहान अध्ययन गर्ने र दिउँसोको समयमा विराटनगरकै ओ करा क्याफेमा काम गर्दै आएकी उनी बेलुकासम्म कोठमा फर्किएकी थिइनन् ।
पौडेलाई देख्नेहरूले नजिकैको प्रहरी कार्यालय वा ९७०१३८५७४१ मा सम्पर्क गरी जिम्मा लगाइदिन अनुरोध गरिएको छ ।
बेपत्ता भएकी मनिषा सम्पर्कमा नआएपछि फागुन २५ गते प्रहरीमासमेत निवेदन दिएर खोजीका लागि अुनरोध गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया