झापाको पाडाजुङ्गी-मङ्गलबारेमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर उद्घाटन

सोमबार, १६ भदौ २०८२

झापा : झापाको पाडाजुङ्गी-मङ्गलबारेमा  डिजिटल पेन्ट्सको स्मार्ट डिलर "डिजिटल कलर हाउस" को औपचारिक शुभारम्भ भएको छ। आइतबार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ ।

डिजिटल कलर हाउसका सञ्चालक द्वय  अर्जुन पाठक र प्रज्वल भट्टराईका अनुसार यो डिलरले कमल गा.पा., पाडाजुङ्गी, मङ्गलबारे, गौरादह र आसपासका ग्रामीण क्षेत्रहरूलाई समेटेर रङ्ग सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको डिलरमा करिब 25 लाख रुपैयाँको लगानी गरिएको जनाए।

नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त कम्पनीका उत्पादनहरू जर्मन प्रविधिमा आधारित छन्। कम्पनीले १२ वर्षको परफॉर्मेन्स वारेन्टीसहित "वॉल गार्ड रोयल एक्स्टेरियर इमल्सन", ७ वर्षको वारेन्टीसहित बाहिरी इमल्सन, भित्री र बाहिरी इमल्सनका विभिन्न रेन्जहरू, वाटरप्रूफिङ सोलुसन, इनामेल, वॉल पुट्टी लगायतका उत्पादनहरू रहेका छन् ।

पूर्वी क्षेत्रलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको डिजिटल पेन्ट्सले छोटो समयमा उपभोक्ताबीच लोकप्रियता हासिल गर्न सफल भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार