यौन व्यवसायका लागि सरकारले नै कोठी चलाउने दिन आएको त होइन ? : सांसद सिंह

सोमबार, ०४ चैत्र २०८१
काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि सांसदहरले आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् । माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन् ‘हिजो सत्तापक्षका माननीयज्युले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आर्कषक गरेर अर्थोपाजन गरौं भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ’, ‘यस्तो चिन्तनको घोर विरोध गर्दछु ।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको हो ? भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको हो र? भन्दै प्रश्न गरेका हुन्। ‘देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले। यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन ?’ उनले सोधे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार