सुनसरी जिल्ला सभापतिले 'रास्वपा कम्पनी हो' भनेपछि सोधियो २४ घण्टे स्पष्टीकरण

मंगलबार, ०५ चैत्र २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापतिलाई स्पष्टीकरण सोधिएको छ। सुनसरीका सभापति जीवनकुमार श्रेष्ठलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधिएको हो । श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ। ‘चैत ३ गते कोशी प्रदेशको आधिकारिक ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर शाहको ‘४ गतेको बैठक ८ गते सरेको हो ? भन्ने जिज्ञासामा तपाईंले ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ स्पष्टीकरणमा सोधिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार