चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतको अन्तरिम आदेश

बुधबार, ०६ चैत्र २०८१
काठमाडौं । उच्च अदालत पाटनले चैत ८ गतेको लागि तोकिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो। अदालतले नेविसंघका अनोज कार्कीको उम्मेदवारी बिहीबारसम्म कायम राख्नसमेत आदेश दिएको छ। अदालतले चैत ३ गते निर्वाचन समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। निर्वाचन समितिले त्यसदिन कार्कीको उम्मेदवारी खारेज गरेर संघका अर्का उम्मेदवार दीपकराज जोशीलाई मान्यता दिएको थियो। स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेको थियो। २७ फागुनमा भएको कार्कीले संघको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार