मन्त्रालय र प्राधिकरणको दोहोरीः मन्त्री भन्छन्, ‘अब लोडसेडिङ हुन्छ’, कुलमान भन्छन्, ‘हुँदैन’

बुधबार, ०६ चैत्र २०८१
इटहरी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुधवारको राष्ट्रिय सभाको बैठकमा उद्योगमा लोडसेडिङ सुरु भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने उल्लेख गरे । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । ‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘हिजो पनि उद्योग कलकारखानाको बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ, उनले भने,‘अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’ उनको यो अभिव्यक्तिपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ भएको छैन र हुँदा पनि नहुने कुरा स्पष्ट पारेका छन् । एक सञ्चारमाध्यमसँग उनले भनेका छन्,‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन । हाम्रा सबै पावर प्लान्टहरू राति चल्छन् । भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ । त्यस कारण लोडसेडिङ हुँदैन ।'

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार