तनहुँमा विषालु च्याउ खाएर बिरामी परेकामध्ये २ जनाको मृत्यु

विहीबार, ०७ चैत्र २०८१
तनहुँ : तनहुँमा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको बुधवार साँझ शिक्षण अस्पताल काठमाडौँमा ज्यान गएको हो । जिल्लाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार यसअघि उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको पनि ज्यान गएको थियो । मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मङ्गलवार उनको ज्यान गएको हो । सो ठाउँमा बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात् घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्ति टोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका बताइएको छ । उनीहरूमा बान्ता हुने, पखाला लाग्ने, रिङटा लाग्ने लक्षण देखिएको थियो । उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुई जनालाई थप उपचारका लागि पोखरा र काठमाडौँ लगिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार