काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डाेगनबीच टेलिफोन संवाद भएको छ ।
रेकेपसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ‘हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका विषयमा आज टर्कीका महामहिम राष्ट्रपति रेसेप तय्यिप इर्डोगनसँग टेलिफोनमा कुराकानी भयो। महामहिमले रिहाइका लागि आफूले गम्भीर तवरले पहल गर्ने बताउँदै विपिनको परिवारलाई पनि यस विषयमा जानकारी दिन आग्रह गर्नु भयो ।’
गत २७ फागुनमा पनि प्रधानमन्त्री ओलीले जोशीको रिहाइमा सहयोग गर्न आग्रह गर्दै इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोन संवाद गरेका थिए ।
प्रतिक्रिया