काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रूपमा थालनी गरिएको जनाएको छ ।
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गदै प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्ष भरी प्रत्येक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरे बमोजिम फागुन महिनाभर नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए ।
उनले भने,‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्ष भरी प्रत्येक महिनामा विशेष स्वास्थ्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसै अन्तर्गत, फागुन महिनाभर नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान सम्पन्न भइसकेको छ । चैत्र महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रूपमा थालनी गरिएको छ ।’
त्यस्तै उनले चैत्र महिनाभर प्रतिष्ठान र सङ्घीय अस्पतालहरूमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने पनि जानकारी दिए ।
उनले भने,‘माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको चैत्र महिनाभर प्रतिष्ठान र सङ्घीय अस्पतालहरूमा सेवा विस्तार योजना अन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने जानकारी गराउन चाहन्छु ।’
वीर अस्पताल , काठमाडौँमा महानगरपालिकाको सहयोगमा चैतको दोस्रो सातादेखि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा चैतको पाँचौँ हप्तादेखि न्यूरोलोजी सेवामा हुने, चैतको पाँचौँ हप्तादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा ७२ वटासम्म शव राख्न सक्ने गरी फ्रिजको क्षमता वृद्धि गरिने, चैतको दोस्रो हप्तादेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मातृ तथा शिशु स्वास्थ्य सेवा भवन उद्धघटन गरी ओपिडी सेवा सुरु गरिने लगायत उनले जानकारी गराए ।
प्रतिक्रिया