नेपाल एफएम नेटवर्क १९ वर्षमा

आइतबार, १८ मंसिर २०७९
नेपाल एफएम नेटवर्क नियमित प्रसारमा आएको १८ बर्ष पूरा भएको छ । नेपाल एफएम नेटवर्कले काठमाडौंमा आज एक कार्यक्रम गरि १९ औँँ वार्षिक उत्सव मनाएको छ । काठमाडौंमा १९औं बार्षिक उत्सव समारोहमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल एफएमका पूर्व कार्यकारी निर्देशक, वानका पूर्व अध्यक्ष विष्णुहरी ढकाल, न्त्रसमाजकल्याण परिषदका पूर्व सदस्यसचिव पुष्कर खाती लगायत ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल एफएमले गणतन्त्र स्थापना र समाजिक रुपान्त्रणमा महत्वपूर्ण योगदान रहेको चर्चा गरिएको थियो । आगामी दिनमा नेपाल एफएमले नागरिकका सबै खाले मुद्दामा अभियान चलाउनुपर्ने सुझाव दिएका थिए । २०६१ साल मङ्सिर १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी नियमित प्रसारणमा आएको नेपाल एफएम, जनआन्दोलन २०६२र०६३ को एक प्रमुख हिस्सेदार सञ्चारमाध्यमको रुपमा स्थापित भएको छ । २०६१ माघ १९ गतेको शाहि कदमको चपेटामा परेका नेपालका सवै स्वतन्त्र रेडियोहरुलाई मुक्त गर्ने अभियानमा नेपाल एफएमको प्रमुख भूमिका रहेको छ । शाही सरकारले स्वतन्त्र रेडियोहरुमा समाचार प्रसारणमा प्रतिवन्ध लगाएको बेला त्यसलाई उलंघन गर्दै नेपाल एफएमले २०६२ असार २३ गते विहान ८ बजेदेखि राजधानी खबरको नाममा समाचार प्रसारण शुरु गरेको थियो । यसबाट आक्रोशित शाही सरकारले साउन २४ गते नेपाल एफएमको प्रसारण इजाजत रद्ध गरिदिएको थियो । लाइसेन्स खारेज गर्ने सरकारी कदमका विरुद्ध नेपाल एफएमका तत्कालिन प्रवन्ध निर्देशक विष्णुहरि ढकालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।इजाजत रद्ध गर्ने सरकारी निर्णय खारेज गरीपाँउ भनी दायर गरिएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले नेपाल एफएममाथिको कार्वाही तत्कालका लागि अघि नबढाउनू भनी २०६२ साउन २६ गते सरकारको नाममा अन्तरिम आदेश जारी गर्यो। सर्वोच्चको यो आदेशपछि अन्य रेडियोहरुले पनि क्रमश सरकारी प्रतिवन्धको उलंघन गर्दै समाचार बजाउन शुरु गरे । अन्ततः जनआन्दोलनको सफलतासँगै पहिले खारेज गरिएको नेपाल एफएमको प्रसारण इजाजत कायम भयो । जनआन्दोलनको सफलतापछि नेपाल एफएम संविधानसभाको चुनाव र गणतन्त्र घोषणाको अभियानमा सक्रिय रुपले लागि प¥यो । संविधान जारी भएपछि नेपाल एफएम त्यसलाई कार्यान्वन गर्ने, राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिको वकालत गर्ने काममा उभिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार