उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या

आइतबार, १० चैत्र २०८१
काठमाडौं : दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका भन्दै यसको समाधान हुनुपर्नेमा जोड दिइएको छ । दक्षिण एसियाली किसान महासङ्घले हालै काठमाडौँमा आयोजना गरेको सम्मेलनका घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा किसानले उत्पादनको मूल्य नपाउँदा बैङ्कबाट लिएको कर्जा तिर्न नसकी पेसाबाटै पलायन हुने अवस्था आएको बताइयो । हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नुपर्ने जोड दिइएको महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले जानकारी दिए । रासायनिकबाट प्राङ्गारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्नेमा पनि आठै देशका किसान प्रतिनिधिले जोड दिएका त्यस अवसरमा जानकारी दिइयो । दक्षिण एसियाली देशका किसानले सिधै उपभोक्तालाई बेचबिखन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ । सम्मेलन चैत ७ र ८ गते काठमाडौंमा सम्पन्न भएको थियो । सम्मेलनले २४ बुँदे घोषणापत्र र चार बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार