गार्डियन माइक्रो लाइफको वार्षिक साधारण सभा आज बस्दै

सोमबार, ११ चैत्र २०८१
काठमाडौँ : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त इन्स्योरेन्ससँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि उक्त सभामा पेस हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । भा प्रयोजनका लागि यस कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहने सेयर धनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । सभा होटेल एयरपोर्ट, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार