लक्जरी एसयुभी स्काईवेलले गर्‍यो इटहरीमा आफ्नो शाखा बिस्तार

सोमबार, ११ चैत्र २०८१
इटहरी । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले सोमबार इटहरीमा आफ्नो शाखालाई बिस्तार गरेको छ । इटहरी स्थित लविपुरमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पिके) ले एक समारोहका बिच स्वरुमको उद्घाटन गरेका हुन् । स्वरुमको उद्घाटन गर्दै मन्त्री राईले जलवायु परिवर्तनको सामना गरिरहेका मुलुकहरूका लागि विद्युतीय गाडी परिवर्तनलाई निराकरण गर्नका लागि महत्त्वपूर्ण साबित हुनेमा विश्वास व्यक्त गरेका छन् । ‘हाम्रा हिमालहरू काला भइसकेको अवस्था छ, वातावरणमा प्रदूषण बढिरहेको अवस्था रहेको छ । हामीले हाम्रो पानीको सदुपयोग गरेर उत्पादित विद्युतबाटै प्रदूषणरहित सहर र वातावरण बनाउन सक्छौँ ।’ उनले भने । राईले आफू मन्त्री भएर आएपछि पनि यसै कुरालाई ध्यानमा राखेर कार्यालय प्रयोजनका लागि समेत विद्युतीय गाडी खरिदको निर्णय गराएको उल्लेख गरेका छन् । चिनमा बनेर ६५ भन्दा बढी मुलुकमा निर्यात भइरहेको स्काईवेलले विश्वमा बलियो बजार स्थापना गरिसकेको अवस्था छ । राम्रो आर्थिक सुरक्षण, अनुसन्धान र विकासमा राम्रो लगानीका साथ उत्पादन गरिएको स्काईवेलले विश्व बजारमा समेत बलियो प्रभुत्व कायम गर्न सकेको स्काईवेलका जनरल म्यानेजर थोमस झु बताउँछन् । इटहरीका लागि विक्रेता बनेको जि मोर्टस प्रा।ली।का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले देशका प्रतिष्ठित ग्राहकलाई आफ्ना गाडीहरू विक्री गर्ने उल्लेख गरेका छन् । उनी भन्छन्,‘उहाँहरू आफ्नो जर्मन कार थन्काएर पर्यावरणको समेत जगेर्ना गर्ने महान् सोचका साथ स्काईवेल चढ्न थाल्नुहुन्छ ।’ उनले ग्राहकको सन्तुष्टिका लागि आफूहरू कतै नचुक्ने दाबी समेत गरेका छन् । उनका अनुसार एक करोड १५ लाख रुपैंया मूल्य सम्म पर्ने स्काईवेलका एसयूभिको सुरुवाती भेरियनटको ४१०किलोमिटर रेन्ज भएको एसयूभि नै ७९ लाख ९० हजार रुपैंया मूल्य पर्न जान्छ । कार्यक्रममा सहभागी वक्ताहरूले इभि गाडिले भोलीको भविष्यलाई पनि प्रतिनिधित्व गर्ने कुरा उल्लेख गर्दै मर्मत सम्भारका साथै चार्जिङ स्टेसनलाई व्यवस्थित गर्दै अपग्रेड गर्दै जानुपर्नेमा जोड समेत दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार