रुखले किचेर घाइते भएका प्रधानाध्यापकको मृत्यु

शुक्रबार, ०२ जेठ २०८२

कैलाली :  हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका कैलालीका एक शिक्षकको मृत्यु भएको छ।

राष्ट्रिय माध्यमिक विद्यालय सुखडका ५२ वर्षीय प्राधानाध्यापक कर्णबहादुर भण्डारी घोडाघोडी नगरपालिका–१  सुन्दर टोलमा आइतबार बिहान चलेको हावाहुरीपछि ढलेको रुखले लागेर घाइते भएका थिए।

भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धनगढीकाे माया मेट्रो अस्पताल ल्याइएकोमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

डीएसपी सिंहका अनुसार भण्डारी घाइते भएदेखि नै गम्भीर अवस्थामा थिए। उपचारका लागि पुर्‍याइएका बेला अत्यधिक रगत बगिसकेको कारण ज्यान जोगाउन नसकिएको बताइएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार