रणवीर कपुरको ‘रामायण’ मा साउथ हिरोइन काजल अग्रवालको इन्ट्री

शनिबार, ०३ जेठ २०८२

मुम्बई : नितिश तिवारीद्वारा निर्देशित बहुप्रतिक्षित पौराणिक फिल्म ‘रामायण’मा बलिउड र दक्षिण भारतीय सिनेमाका ठूला कलाकारहरूको जमघट हुने पक्का हुँदै गइरहेको छ। अहिले फिल्ममा दक्षिण भारतीय चर्चित अभिनेत्री काजल अग्रवालको  इन्ट्री भएको छ।

काजल अग्रवालले ‘रामायण’मा रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गर्नेछिन्। हालै उनले लुक टेस्ट पनि पूरा गरिसकेकी छन् र निर्माण पक्ष अनुसार उनी उक्त भूमिकाका लागि एकदमै उपयुक्त देखिएकी छन्। सुटिङसमेत सुरु भइसकेको जनाइएको छ, अहिले रावणको लंका भागको छायांकन भइरहेको छ।

रामायणमा रणवीर कपुर भगवान रामको भूमिकामा छन् भने साई पल्लवी सीता बनेकी छन्। सनी देओल हनुमानका रुपमा देखिँदै छन् र साउथ सुपरस्टार यशले रावणको भूमिका निभाउनेछन्।

नमित मल्होत्राको निर्माणमा तयार हुँदै गरेको यो चलचित्र दुई भागमा रिलिज हुनेछ — पहिलो भाग सन् २०२६ को दीपावलीमा र दोस्रो भाग २०२७ को दीपावलीमा। रिपोर्ट अनुसार पहिलो भागको छायांकन सकिएको छ र अहिले दोस्रो भागको छायांकन जारी छ।

काजल अग्रवाललाई यसै वर्ष सलमान खानको ‘सिकन्दर’ फिल्ममा पनि देखिएको थियो। अब उनी 'रामायण' जस्तो महत्वाकांक्षी प्रोजेक्टमा मन्दोदरीको रुपमा देखिने भएपछि दर्शकको उत्सुकता अझ बढेको छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार