काठमाडौं । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ।
बुधबार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।
परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन्। भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो। कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोमा स्मारिका ढकाल र बद्री प्रसाद तिवारी फिचर्ड छन्।
राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ। गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे।
गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो। निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे।
प्रेम रोमान्सले भरिएको छमछम नचाउने खालको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।
प्रतिक्रिया