उदय सुब्बा ‘सुपरहिट’ अध्यक्ष बन्दा झापाका  युवराज गिरी ‘पावरफुल’ सचिव बने

‘निर्माताहरूको नयाँ ब्लकबस्टर टिम’

मंगलबार, ०२ मंसिर २०८२

झापा । नेपाल चलचित्र निर्माता संघको १९ औं वार्षिक साधारण सभा यसपटक कुनै साधारण सभा जस्तो रहेन । मानौँ नेपाली फिल्म उद्योगकै ग्रान्ड प्रिमियर जस्तै बन्यो । भावनाको उतार–चढाव, प्रतिस्पर्धाको कडा भिडन्त र अन्ततस् ‘सुपरहिट’ परिणाम सहित काठमाडौंमा यो रियल–लाइफ ड्रामा सम्पन्न भयो।
यस ‘ब्लकबस्टर चुनावी कथा’ का मुख्य हिरो बने—उदय सुब्बा । उनी अध्यक्षको भूमिकामा निर्वाचित हुँदै फिल्मी दुनियाँको नेतृत्व कुर्सी समाउन सफल भए ।  

सुब्बाले १५३ मत बटुले—जसले उनलाई प्रतिद्वन्द्वी सुनिलकुमार थापा ९१२७ मत माथि निर्णायक ‘क्लाइम्याक्स जित’ दिलायो ।

अर्कोतर्फ, झापाका युवराज गिरी पनि कम चम्किएनन् । उनले १५९ मतले सचिवको भूमिका कब्जा गर्दै ‘स्टार परफर्मेन्स’ दिए । उनका प्रतिस्पर्धी किसान पोखरेल १०९ मतमा सीमित भए ।


उपाध्यक्षतामा ज्योतिकुमार राई र रोनकबिक्रम कँडेल निर्विरोध बने– मानौँ फिल्मको ‘स्टेबल कास्ट’ जसलाई सबैले स्वीकारे ।


महासचिवमा खगेन्द्रप्रसाद लामिछाने १५२ मत ल्याउँदै विजयी भए भने किरण नेपाली १२६ मतमा रोकिए ।


कोषाध्यक्षको भूमिकामा रामप्रसाद रिजाल पनि निर्विरोध उभिए—फिल्मका ‘फाइनान्स बॉस’ नै भन्ने ढंगले । 


यसैगरी सदस्य सूची पनि रोचक छ– श्रीधर पौडेल, चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, घनेन्द्र थपलिया, मनोजकुमार अधिकारी, राजकुमार पण्डित र प्रवीण कार्की सबै ‘अनअपोज्ड’ सितारा कलाकारको रुपमा चयन भए ।


३२४ मतदातामध्ये २८० मत खसेको यो ‘निर्माताहरूको निर्वाचन’ अन्त्यमा, प्रमुख निर्वाचन अधिकृत राजेन्द्र सलभ र टीमले परिणाम सार्वजनिक गर्दै नयाँ टिमलाई गोप्य तरिकाले सपथ ग्रहण गराए ।


अब तीन वर्षसम्म १५ सदस्यीय यो कमिटी नेपाली फिल्म उद्योगको ‘निर्देशक मण्डल’का रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार