कांग्रेस महामन्त्रीद्वयको पुतला दहन

मंगलबार, २२ पुस २०८२
सांकेतिक फाईल

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि काठमाडौंमा भएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै कांग्रेस कार्यकर्ताहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् । घटनाले मधेशका नेताहरूमाथि भइरहेका श्रृंखलाबद्ध दुव्र्यवहारप्रति गम्भीर चिन्ता उत्पन्न भएको उनीहरूले बताएका छन् ।

आक्रोशित कार्यकर्ताहरूले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गर्दै विरोध जनाएका थिए भने भानुचोकमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुतला दहन गरिएको छ । प्रदर्शनका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो ।

प्रदर्शनमा मधेश प्रदेश कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झा, प्रदेश सांसद सञ्जय महतो, कांग्रेस, नेविसंघ र तरुण दलका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरूले पार्टी नेतृत्वको मौनताप्रति असन्तुष्टि जनाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

कांग्रेस युवा नेता राकेश विक्रम साहले नेता निधिमाथि भएको दुव्र्यवहार निन्दनीय रहेको बताउँदै यस्ता घटनाले मधेशी नेताहरूको आत्मसम्मानमा चोट पु¥याएको जनाए । उनले मधेशबिना कांग्रेसको अस्तित्व सम्भव नरहेको उल्लेख गर्दै पछिल्लो समय मधेशका नेताहरूलाई लक्षित गर्दै भइरहेका घटनाहरूलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे ।

काठमाडौंंको कोटेश्वरमा पनि महामन्त्री थापाको पुत्ला जलाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार