काठमाडौँ : भारत र पाकिस्तानबीचको पछिल्लो राजनीतिक तनावका कारण स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता आजदेखि पुनः सुरु हुँदैछ। जारी सत्र मे ८ देखि रोकिएको थियो।
पुनः सुरु हुने आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्स आमनेसामने हुँदैछन्। खेल बैंगलुरुमा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ।
मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल विवादका कारण अधुरोमै रोकिएको थियो। अब बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ सहरमा सम्पन्न हुने तय भएको छ।
आइपिएलप्रति उत्साहित क्रिकेटप्रेमीहरूका लागि आजको खेल निकै प्रतीक्षित बन्ने अनुमान गरिएको छ।
प्रतिक्रिया