मदन–आश्रितको विचार सधैँ प्रेरणादायी रहने प्रधानमन्त्री ओलीको भनाइ

शनिबार, ०३ जेठ २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै दुवै नेता जनताको बहुदलीय जनवादको मार्गचित्र निर्माणकर्ता भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “३२ वर्ष अघि आजको दिन हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौं। उहाँहरूको विचार र मार्गदर्शनले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो। उहाँहरूको स्मृति सधैँ हाम्रो प्रेरणा बन्नेछ।”

वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा मदन भण्डारी र आश्रितको निधन भएको थियो। त्यो घटनालाई एमाले पार्टीले एक ऐतिहासिक दुर्घटनाको रूपमा स्मरण गर्दै आएको छ।

ओलीले आफ्नो श्रद्धाञ्जली सन्देशमा जनताको बहुदलीय जनवादलाई नेपालमा प्रगतिशील लोकतान्त्रिक परिवर्तनको मूल आधारको रूपमा व्याख्या गर्दै दुबै नेताको योगदानको उच्च मूल्याङ्कन गरेका छन्।

तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार