सत्ता गठबन्धनको बैठक आज ३ बजे

सोमबार, १९ मंसिर २०७९
मंसीर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि शभाको निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने बताइएको छ । आजकै बैठकमा नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए । सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ । यसैगरी माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार