काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले दुई वर्षका लागि अष्ट्रेलियन प्रशिक्षक ल लाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ल लाई नियुक्त गरेको हो ।
शुक्रबार भैरहवामा बसेको क्यानको कार्यमिति बैठकले ल लाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्यानले विज्ञप्तीमार्फत जनाएको छ । उनको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ ।
प्रतिक्रिया