इटहरीमा बेहोस अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

शनिबार, १६ चैत्र २०८१
इटहरी । इटहरी उपमहानगरपालिका–४ हलगडा क्षेत्रमा  बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । शुक्रवार दिउँसो करिब २ः३० बजे ह्वीलचेयरबाट लडेको अवस्थामा भेटिएका ती पुरुष माग्दै हिँड्ने व्यक्ति रहेको बताइएको छ । लडेको अवस्थामा भेटिएका ती पुरुषलाई तत्कालै उद्धार गरी ती पुरुषलाई बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर, उपचारका क्रममा ४ बजेतिर उनको मृत्यु भएको अस्पतालमा खटिएको प्रहरी टोलीले जनाएको छ। अन्दाजी ४० ४२ बर्षको मृतकको नाम, थर र ठेगाना खुलेको छैन। घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी बिट हलगडाबाट प्रहरी निरीक्षक नारायण काजी बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी बिटबाट करिब १ किलोमिटर पूर्वमा पर्छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार