इटहरी । पुर्वपश्चिम राजमार्ग अन्तगर्त काँकडभिट्टा लौकही एसियन हाइवेको डिजाइनलाई लिएर इटहरीबासीले विरोध जनाएका छन् ।
इटहरीको मुख्य बजारमा दाँयाबाँया वाल लगाएर सडक निर्माण गर्ने डिजाइनलाई सच्याएर स्काई बृज बनाउनु पर्ने स्थानीयले माग गरेकाहुन् । आज ( सोमबार) इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडडेललाई ध्यानाकर्षणपत्रबुझाँउदै उक्त डिजाइनमा सडक निर्माण भए इटहरीको भविष्य मासिने भन्दै तत्कालउक्त डिपिआर सच्याएर फ्याइओभर बनाउनु पर्ने माग गरे ।
नागरिक समाज इटहरी अध्यक्ष राजु केसी, नेपाली काङ्ग्रेस नेता रोहित प्रसाई, मेधिनिधि सिटौला, नेकपा एमालेका नेता लिलम बस्नेत लगायतले उपमहानगर ध्यानाकर्षण पत्र बुझाएकाहुन् ।
एसियाली विकास बैंकको लगानीमा निर्माण हुन लागेको सडकले इटहरीको व्यापारिक आर्थिक तथा भविष्य नै मासिने भन्दै उक्त डिजाइन सच्याएर पिल्लर हाली स्काई बृज बनाउनु पर्ने धारणा राखेकाहुन् ।
ध्यानाकर्षण पत्रबुझ्दै उपमहानगर प्रमुख हेमकर्ण पौडेलले यसबारे स्थानीय सरकारले प्रतिनिधित्व गरेर डिजाइन पुनःनिर्माण गर्न पत्र पठाउने बताए । उनले यस बारे आफुँपनिगम्भीर रहेको बताउँदै आयोजनालाई यस अघि पनि डिपिआर परिवर्तन गर्न पत्र पठाएको बताए । तर आयोजनाले पहिलाको डिपिआर परिर्वतनगर्न नमिल्ने पत्र पठाएको बताए । यस अघि पनिहामीले आयोजना लाइ डिजाइन परिर्वतन गरि पाउँ भनेर पत्र पठाएका थियौं तर नमिल्ने जवाफ आएको छ । उनले भने “यसलाई सच्याउन मुख्यमन्त्री तथा प्रधानमन्त्री समक्ष जाने छौं, यो हाम्रो दायित्व हो ।”
३६ अर्ब लागतमा झापाको काँकडभिट्टा देखि सुनसरीको लौकही सम्म ९६ किलोमिटर सडक स्तर उन्नति गरी ४ लेन बनाउने योजना सुरु हुनलागिरहेको छ । ३ वर्ष भित्र सम्पन्नहुने आयोजनाले इटहरीमा क्षतिबारे केहीदिन अघि प्रदेशखबरले समाचार प्रकाशन गरेको थियो ।
https://pradeskhabar.com/?p=9380&fbclid=IwAR3i3JLddTxB-U91MbM1CiBteiltB5V7VoBAvQuxKWDvMr1il8luh7fBWBs
प्रतिक्रिया