काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार खुला, आदिवासी जनजाति, दलित, मधेशी, थारु र मुस्लिम क्लस्टरबाट उम्मेदवारहरू निर्वाचित भएका छन् ।
खुलातर्फ पहिलो स्थानमा १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईँ निर्वाचित भएका छन् । दोस्रो स्थानमा १४ हजार १६७ मत सहित प्रमोद न्यौपाने र तेस्रो स्थानमा १३ हजार ५५१ मत प्राप्त गर्दै रञ्जु दर्शना निर्वाचित भएकी छन् ।
त्यस्तै खुलातर्फ चौथोमा टिका संग्रौला (ज्वाला) ले १३ हजार १०६, पाँचौँमा लिमा अधिकारी ले १२ हजार ७६०, छैटौँमा समीक्षा बास्कोटा ले १२ हजार ४६०, सातौँमा विपिनकुमार आचार्य ले १२ हजार २४५, आठौँमा क्रान्ति शिखा धिताल ले ११ हजार ७८१ र नवौँमा प्रतिभा रावल ले ११ हजार ७२१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।
आदिवासी जनजातितर्फ पहिलो स्थानमा १६ हजार १२ मत सहित उत्तमबहादुर गुरुङ, दोस्रोमा १४ हजार २०१ मत सहित गायिका सत्यकला राई, तेस्रोमा १३ हजार ७३ मत सहित टासी लाजोम र चौथोमा १३ हजार ५९ मत सहित मिलन लिम्बु निर्वाचित भएका छन् ।
दलिततर्फ पहिलो स्थानमा १३ हजार १४३ मत प्राप्त गर्दै विजय जैरु, दोस्रोमा १२ हजार ८५६ मत सहित सविना विश्वकर्मा, तेस्रोमा १२ हजार ७१० मत सहित स्मृति सेन्चुरी, चौथोमा १२ हजार २८५ मत सहित अविता नेपाली र पाँचौँमा १० हजार ७३ मत सहित अमृता विक निर्वाचित भएकी छन् ।
यसैगरी दलिततर्फ छैटौँमा सिता विश्वकर्मा (११ हजार २१५), सातौँमा डा. रुपक विश्वकर्मा (११ हजार १५५), आठौँमा खिमा विक (९ हजार ८३५) र नवौँमा चन्द्रकला विक (९ हजार ७१९) निर्वाचित भएका छन् ।
मधेशीतर्फ पहिलो स्थानमा १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल, दोस्रोमा १२ हजार ३२२ मत सहित डा. अंकिता ठाकुर र तेस्रोमा ११ हजार ६३० मत सहित ममता शर्मा निर्वाचित भएकी छन् ।
थारुतर्फ पहिलो स्थानमा १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी, दोस्रोमा १३ हजार ६१३ मत सहित चुमन चौधरी र तेस्रोमा १३ हजार ५३५ मत सहित पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छन् ।
मुस्लिमतर्फ पहिलो स्थानमा १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मिया, दोस्रोमा १५ हजार १५७ मत सहित अख्तर हुसैन र तेस्रोमा १४ हजार ४६३ मत सहित मोहम्मद हसरत अली निर्वाचित भएका छन् ।
प्रतिक्रिया